काठमाडौँ– काठमाडौँ कमलादीस्थित स्काईवाक टावरमा छोरीसँग बसेर अभिनेत्री प्रियंका कार्कीले निकै रमाइलो समय बिताएकी छिन् ।
स्काईवाक छोरीसँग उनले बिताएकी रमाइलो पलहरु स्काईवाकको आधिकारिक फेसबुक पेजमा देख्न सकिन्छ । तस्वीरहरुमा छोरीसँगै उनी रमाइरहेकी देखिन्छ ।
साहसिक पर्यटनको हव बनाउने उद्देश्यले गत वर्ष मात्र स्काई वाक टावर सञ्चालनमा ल्याइएको हो । ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गर्न सकिन्छ ।
सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यसलाई एकमात्र गन्तव्य हो । वन्डर्स नेपाल ग्रुपले सञ्चालन गरेको यसलाई दक्षिण एसियाकै पहिलो ‘स्काईवाक टावर’ मानिन्छ ।
तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया