मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर निर्यात गर्ने लक्ष्य

काठमाडौँ – श्रीलङ्काको निर्यात विकास बोर्ड ‘इडीबी’ ले सन् २०२५ मा देशको कुल निर्यात आम्दानी १८ अर्ब ७ करोड अमेरिकी डलर हुने अनुमान गरेको छ ।

ईडीबीका अध्यक्ष मङ्गला विजेसिङ्घेले आइतबार यस प्रक्षेपणमा वस्तु निकासीबाट १४ अर्ब ५४ करोड डलर र सेवा निकासीबाट चार अर्ब १६ करोड डलर समावेश हुने बताए ।

श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा कुल निर्यात ‘वस्तु तथा सेवा’बाट १३ दशमलव ५ अर्ब डलर कमाएको विजेसिङ्घेले बताए । यो सन् २०२३ को पहिलो १० महिनाको तुलनामा ७ दशमलव १९ प्रतिशतले बढेको हो ।

सन् २०२४ को वार्षिक लक्ष्य १६ अर्ब ४ करोड डलर रहेको र श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा त्यो वार्षिक लक्ष्यको ८२ प्रतिशत हासिल गरेको उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?