काठमाडौँ– नासाका वैज्ञानिकहरुले भोयजर १ सँगको सम्पर्क सफलतापूर्वक पूर्नस्थापित गरेका छन् । अमेरिकी मिडियाहरुले जनाए अनुसार यो स्पेसक्राफ्टसँगको सम्बन्ध केही समयअघि टुटेको थियो ।
एक हप्ता लामो ब्ल्याकआउटका कारण घट्दै गएको बिजुली आपूर्तिपछि यो यान अहिले सामान्य रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।
बिजुली आपूर्ति कम हुँदा ‘भोयजर १’ ले यसमा केही प्राविधिक त्रुटि देखिएका थिए । पृथ्वीबाट सबैभन्दा टाढाको यो अन्तरीक्ष यान अहिले १५.४ बिलियन माइल टाढा पुगेर अज्ञात क्षेत्रका बारेमा सूचना बटुलेको छ । यो यान सौर्यमण्डलभन्दा निकै टाढा पुगिसकेको छ ।
भोयजर १ ले एक्स ब्याण्ड रेडियो ट्रान्समिटरमा आधारित रहेर पृथ्वीमा सन्देश पठाउँदै आएको छ । बेलाबेलामा योसँगको सम्पर्क टुटे पनि वैज्ञानिकहरूले पुनस् यससँग सम्बन्ध स्थापित गर्दै आइरहेका छन् ।
नासाले भोयजर १ लाई वृहस्पति र शनि ग्रहको अध्ययनका लागि पठाएको थियो । यो यानले सन् १९८० मा शनि ग्रहको नजिकैबाट उडान भरेको थियो ।
यो यान पृथ्वीबाट निकै टाढा पुगिसकेको छ । र, यसले बेलाबेलामा तस्वीर र सूचनाहरू पृथ्वीमा पठाउने गरेको छ ।
यो पनि पढ्नुहोस्: ५५ भाषामा पृथ्वीको अभिवादन बोकेर सौर्यमण्डलबाहिर दौडिरहेको ‘भोयजर १’ यान के हो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया