काठमाडौँ- बिटकोइनको मूल्य पहिलो पटक १ लाख डलर नाघेको छ। जनवरी २०२४ मा डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुअघि बिटकोइनको मूल्य १ लाख डलर नाघेको हो ।
क्रिप्टो व्यापारीहरूले ट्रम्प प्रशासनले क्रिप्टोकरेन्सी मैत्री नीति ल्याउन सक्ने आशा गरेका छन्, जसका कारण बिटकोइनमा रेकर्ड वृद्धि देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिटकोइन र क्रिप्टोकरेन्सीको पक्षमा दिएको अभिव्यक्तिका कारण पनि बिटकोइनको मूल्य बढेको छ ।
आज अर्थात डिसेम्बर ५ मा बिटकोइन १ लाख २ हजार ७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गत नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपति चुनावको नतिजा घोषणा भएदेखि बिटकोइनको भाउ बढ्दै गएको छ। चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिकालाई बिटकोइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने वाचा गरेपछि यसको मूल्य बढ्दै गएको छ ।
सन् २०२४ मा बिटकोइनको मूल्य १ सय ३४ प्रतिशतले बढेको छ । नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि बिटकोइन ५० प्रतिशतले बढेको छ । विज्ञहरूले २०२५ मा बिटक्वाइनको मूल्य २ लाख डलर हुने भविष्यवाणी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया