मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पशुपतिनाथमा बत्ती बाल्न आउने भक्तजनको घुइँचो

काठमाडौँ- मार्ग शीर्ष कृष्ण त्रयोदशीको राति आज पशुपतिनाथमा बत्ती बाल्न आउने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । बत्ती बेलुकी बाल्ने भए पनि रातभर बसेर महादीप दान गर्न उपयुक्त स्थानको खोजीमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो ।

कति भक्तजन त बिहीबार राति पशुपति क्षेत्र आइपुगेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले उल्लेख गरे । उनका अनुसार सबैलाई सहज रूपमा बसेर बत्ती बाल्न सक्नेगरी सबै व्यवस्थापन गरिएको छ । आज रातभर बत्ती बाली शनिबार बिहान वाग्मतीमा सेलाएर भक्तजनले पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्छन् ।

यसो गरेमा दिवङ्गत पितृले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ । पशुपति क्षेत्रमा लाग्ने बालाचतुर्दशीको सबै तयारी पूरा भएको पनि कोषले जनाएको छ ।

बत्ती बाल्न शुल्क नलाग्ने पनि कोषले स्पष्ट पारेको छ । रातभर बत्ती कुरेर बस्न नसक्ने भक्तजनका लागि मात्र कोषले आफैँ रसिद काटेर रु दुई हजार एक सय लिने सदस्य सचिव डा मिलनकुमार थापाले बताए । आफैँ बत्ती कुरेर बस्ने भक्तजनका लागि भने कुनै शुल्क नलाग्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?