काठमाडौँ- बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अंकले घटेको छ । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा पुगेको हो ।
आज ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार १२८ पटक शेयर किनबेच भएको छ ।
३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया