काठमाडौँ- लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको हकप्रद सेयरमा बुधबारदेखि आवेदन दिन सकिनेछ । एलआइसीको ८८.४५ प्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने कम्पनिले जानकारी गराएको हो ।
उक्त हकप्रद सेयरका लागि एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । यसले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया