काठमाडौँ – नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भए पछि शेयरबजार उकालो लागेको छ । हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै शेयरबजार उकालो लागेको हो ।
नयाँ अध्यक्ष पाएको पहिलो दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२।०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली देखिएको छ ।
कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २११ वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३२ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया