मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोप २९ : विकासोन्मुख देशले तीन खर्ब डलर सहयोग पाउने

काठमाडौँ- अजरबैजानको राजधानी बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप २९ मा विकासोन्मुख देशलाई विकसित देशले तीन खर्ब अमरेकी डलर सहयोग गर्ने सहमति गरेको छ ।

जलवायु परिवर्तनको पक्षमा आफैँ काम गर्न असमर्थ रहने विकासोन्मुख र कमजोर देशको पक्षमा यस्तो सहमति भएको हो ।

अहिले प्रतिबद्धता जाहेर गरिएको रकम सरकारी अनुदानका साथै निजी क्षेत्र, बैङ्क र अन्य निकायबाट पनि आउन सक्ने सम्भावना प्रबल रहेको जनाइएको छ।

यो सहमतिले जलवायु परिवर्तनका लागि संसारका सबे देश सहकार्य गर्न तयार रहेको देखिएको छ । तथापि धनी देश आफैँ पनि यस समस्यासँग जुधिरहेको समयमा अन्य देशलाई गर्ने सहयोगको प्रभावकारिताबारे भने शङ्का उत्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?