काठमाडौँ – विहिबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर २६८. ४४ विन्दुमा बन्द भएको छ । आज कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख बराबरको कारोबार भएको थियो ।
आज सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रो को शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज जानकी फाइनान्सको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको २५ करोड २४ लाख १० हजार बराबरको कारोबार भएको छ सिटिजन म्युचुअल फन्ड १ को सबै भन्दा बढी ११ लाख ९८ हजार ३२१ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया