मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन रोकियो  शाहरुख र सुहानाको फिल्म ?

काठमाडौँ – बलिउड स्टार शाहरुख खानले छोरी सुहाना खानसँग अभिनय गरेको एक फिल्मको काम रोकिएको खबर सार्वजनिक भएको छ । 

यो वर्ष उनी जोडिने सक्ने चर्चा भएको फिल्मको सूचिमा छोरी सुहानाले गर्दै गरेको फिल्म समेत थियो । नाम सार्वजनिक नगरिएको यो फिल्ममा उनी पहिलो पटक छोरी सुहानासँग स्क्रिन शेयर गर्दै थिए ।

जुन फिल्मको काम रोकिएको खबर बाहिरिएको हो । रिपोर्टहरूमा बताइए अनुसार  शाहरुखले छोरी सुहानालाई आफूसँग अनुचित तुलना गरेको मन पराउँदैनन् । त्यही कारण पनि यो फिल्मको काम रोकिएको बताइएको छ । 

सुहानाले सन् २०२३ मा फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । 

सुहाना र खुसी कपुरको अभिनय रहेको फिल्म ‘द आर्चिज’ दर्शकले खासै मन पराएनन् । यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?