मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार

काठमाडौँ – बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख बराबरको कारोबार भएको थियो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज कुठेली बुखेरी हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३३ करोड ८६ लाख ३३ हजार बराबरको कारोबार भएको छ भने पोखरा फाइनान्सको २५ करोड ८९ लाख बराबरीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?