मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सपनामा पुतली उडेको देख्नुभयो ? जान्नुहोस् जीवनमा यसको प्रभाव के हुन्छ ?

काठमाडौं । तपाईले राती सुतेको केही सपना देखेको देख्नु भएको छ ? धेरैलाई बिहानको त्यो सपना याद हुन्छ । धेरैले सपनालाई बिर्सन्छन्। सपना विज्ञानका अनुसार सुतिरहेको बेला देखिने हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ । जसलाई समयमै पहिचान गरेर मानिसले कुनै पनि अप्रिय घटनाबाट आफूलाई बचाउन सक्छ ।

हुन सुतको बेला के के सपना देखिन्छन्, खासै कसैले याद पनि गर्दैनन् तर कहिले काही देखेका सपनाले हामीलाई राम्रो भए नभएको थाहा पाउँछौ । शास्त्रले पनि सुतेको बेला देखिने सपनाको अर्थ राख्छ । अथवा कुन सपनाले के हुन्छ ? भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको हुन्छ । आज हामी तपाईलाई सुतेको बेला सपनामा पुतली देखेपछि यसले तपाईंको जीवनमा यसले के प्रभाव पार्छ बताउँछौ ।

सपनामा पुतली देख्नु शुभ

यदि तपाईंले सपनामा विवाहित महिलाको घर वा आँगनमा पुतली उडेको देख्नुभएको छ भने, यो तपाईंको लागि धेरै शुभ मानिन्छ। सपना विज्ञानका अनुसार तपाईलाई चाँडै धन प्राप्त हुन सक्छ। व्यापारमा लाभ हुनुका साथै व्यापारमा प्रगति हुनेछ । यदि तपाईंले सपनामा एउटा ठूलो पुतली देख्नुभएको छ भने, यसले तपाईंको सपना चाँडै साकार हुने र तपाईंको लक्ष्य पूरा हुने संकेत गर्छ।

सपना शास्त्रको जानकारी अनुसार यदि तपाई सपनामा पुतलीबाट भाग्दै हुनुहुन्छ भने यसको अर्थ तपाईको भित्र धेरै नकारात्मक कुराहरु बसेको हुन्छ भन्ने अर्थ लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?