मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नावीले च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट छोड्ने

काठमाडौँ – अफगानिस्तानका अलराउन्डर मोहमद नावीले एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

३९ बर्षिय अलराउण्डर नावीले २०२५ मा हुने आइसीसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट छोड्ने बताएका हुन् । बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेपछि नावीले च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट नखेल्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘पछिल्लो पटक विश्वकपकै समयमा नै सन्यास बारे सोचेको थिए तर च्याम्पियन्स ट्रफीमा छनौट भएपछि सो प्रतियोगिता खेल्ने निर्णय गरेको थिए ।’

नावीले अफगानिस्तान क्रिकेट बोर्डलाई टी-२० क्रिकेट भने खेलिरहने जानकारी दिएको बताइएको छ ।

नावी अफगानिस्तानबाट सबैभन्दा बढी १६७ एकदिवसीय खेल्ने खेलाडी हुन् । साथै उनी विश्वका पहिलो नम्बरका एकदिवसीय खेलाडी पनि हुन् । उनले अफगानिस्तानले २००९ मा एकदिवसीय मान्यता पाएदेखि नै खेलिरहेका छन् ।

नावीले टेस्ट क्रिकेटबाट भने २०१९ मै सन्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?