काठमाडौँ – सोमबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा बन्द भएको छ ।
आज कुल ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख बराबरको कारोबार भएको थियो ।
आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुँरास लाघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी सहास उर्जाको ३८ करोड करोड १७ लाख ८७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ८ लाख ५० हजार १२८ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया