मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बाहुबली’ स्टार प्रभासले अभिनयबाट ब्रेक लिने !

काठमाडौँ– दक्षिण भारतीय फिल्म ‘बाहुबली’ बाट चर्चामा आएका अभिनेता प्रभासको आफ्नो छुट्टै दबदबा छ । हालै प्रदर्शनमा आएको उनी अभिनित फिल्म ‘सलार’ ले पनि दर्शकको साथ पायो ।

यो फिल्म रिलिजपछि उनको डुब्न लागेको करिअर पुन: माथि उठेको भन्ने चर्चा पनि चल्ने गर्छ । प्रशान्त नील निर्देशित फिल्म ‘सलार’ हिट भएपछि प्रभासका फ्यानले उनको अर्को फिल्मको प्रतीक्षा गरिरहेका छन् । तर, अब भने केही समयका लागि प्रभासले अभिनयबाट ब्रेक लिने भएका छन् ।

भारतीय मिडियाका अनुसार प्रभासको ‘सालार’ फिल्मले सफलता पाएपछि केही समयका लागि उनले अभिनयबाट ब्रेक लिने निर्णय गरेका हुन् । यस्तै उनले अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि नै ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिएका बताएका हुन् ।

उनी आफ्नो करियरमा अझ बढी केन्द्रित हुन र आन्तरिक शक्ति बढाउन करीब एक महिना अभिनयबाट टाढा रहने छन् । प्रभासको लाइनअपमा ९ मार्च २०२४ मा रिलिज हुने फिल्म ‘कल्की २८९८ एडी’ फिल्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?