हामी कतिपयको ओठ प्राकृतिक रूपमा नै कालो हुन्छ । कतिपयको भने अत्यधिक लिपस्टिक, लिप ग्लसहरुको प्रयोगको लर्दा पनि ओठ कालो हुँदै जान्छ ।
धेरै जना महिलाहरू ओठ कालो हुने समस्याबाट आजित छन् । यसकारण आज हामी तपाईँलाई कालो ओठ गुलाबी बनाउने घरेलु तरीकाको विषयमा जानकारी गराउँछौ ।
टुथब्रसको प्रयोग
टुथब्रस दाँत सफा गर्ने प्रयोजनमा प्रयोग गरिन्छ । तर, यसलाई कालो ओठ भएमा त्यसबाट मुक्ति पाउन पनि प्रयोग गर्न सकिन्छ । यसका लागि टुथब्रसले बिस्तारै–बिस्तारै ओठ रगड्न सकिन्छ । यसो गर्दा ओठको कालो सफा हुन थाल्छ । तर, बेसरी लामो समयसम्म रगड्दा भने अन्य समस्या आउन सक्छ । यसमा सचेत हुनुपर्छ ।
चिनी र कागती
कालो ओठको रङ परिवर्तन गरी पहिलेकै अवस्थामा ल्याउन चिनी र कागती मिलाएर स्क्रब बनाई दैनिक ओठमा लगाउनुस् । यसो गर्दा बिस्तारै ओठ गुलाबी र सफ्ट हुन थाल्छ ।
ग्लिसिरिन
ग्लिसिरिन र कागतीको रसले स्किन सफ्ट मात्र बनाउँदैन, यसलाई ओठमा लगाई कालोपनको समस्याबाट बच्न पनि सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया