मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने

काठमाडौँ – संयुक्त अरब इमिरेट्स ‘युएई’ ले विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ८६ जना बिरामीहरूलाई उपचारका लागि मानवीय पहल गरेको छ ।

उनीहरू परिवारका १२४ जना सदस्यहरूसँगै इजरायलको रामोन विमानस्थलबाट केरेम सालोम सीमा पार गर्दै चिकित्सकीय उपचारका लागि अबु धाबी पुगेका थिए ।

विकास तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि विदेशमामिला सहायक मन्त्री मोहम्मद अल शम्सीले पहलले संयुक्त अरब इमिरेट्स र डब्लुएचओको सहकार्यकोे स्थरलाई प्रतिबिम्बित गर्दै गाजामा मानवीय विपत्तिको बीचमा भाइचाराले सहयोग गर्ने संयुक्त अरब इमिरेट्सको प्रतिबद्धताको उदाहरण पेश गर्ने बताए ।

अल शम्सीले संयुक्त राष्ट्रसंघ, अन्तरराष्ट्रिय साझेदार र राहतका लागि काम गर्दै आएका संस्थाहरूसँगको सहकार्यमा दृढ रहेको बताउँदै घाइते तथा गम्भीर रोगबाट पीडितलाई स्वास्थ्य सेवा प्रदान गर्न अग्रणी भूमिका जारी राख्ने बताए ।

युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले देशका अस्पतालमा एक हजार घाइते तथा क्यान्सर पिडित प्यालेस्टिनी बिरामीको उपचार सुरु गरेको बताए। उनका अनुसार यो पहलमा अहिलेसम्म दुई हजार १२७ जना बिरामीरूलाई संयुक्त अरब इमिरेट्समा सारिएको छ ।

सन् २०२३ डिसेम्बर २ मा युएईले बिरामी तथा गम्भीर घाइते प्यालेस्टिनीलाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास सूरु गरेदेखि हालसम्म युएईका अस्पतालमा ५० हजार ४८९ सङ्क्रमितको उपचार भएको जनाइएको छ । युएईले प्यालेस्टिनी जनतालाई खाना, चिकित्सा र राहत आपूर्तिसहित ४३ हजार टनभन्दा बढी सहायता प्रदान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?