काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ ।
काठमाडौंको कालिमाटीमा रहेको उक्त सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको अभियोगमा उनलाई प्रहरीले गत राति नियन्त्रणमा लिएको हो ।
सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई ‘जीबी राई’ अध्यक्ष रहेको उक्त सहकारीले रकम अपचलन गरेको भन्दै ६४५ जना बचतकर्ताहरुले जाहेरी दिएका थिए । बचतकर्ताहरुको जाहेरीको आधारमा प्रहरीले सो सहकारी ठगी सम्बन्धमा अनुसन्धान अगाडि बढाइरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया