मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने

काठमाडौँ– अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने भएको छ । ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्रीको प्रस्ताव स्वीकृत गरिएको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ ।

ताइवानलाई अमेरिकाले बिक्री गर्न लागेको हतियारमा उन्नत हवाई प्रतिरक्षा क्षेप्यास्त्र समेत रहेको छ । ती क्षेप्यास्त्र युक्रेनमा जारी युद्धमा समेत परीक्षण भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो समय चीनले ताइवानमाथि सैन्य दबाब बढाइरहेका बेला अमेरिकाले हतियार बिक्रीको प्रस्ताव स्वीकृत गरेको हो ।

पेन्टागनको रक्षा सुरक्षा सहकार्य निकायका अनुसार ती हतियारमध्ये १ अर्ब १६ करोड डलरको हवाई प्रतिरक्षा क्षेप्यास्त्र र ८२ करोड ८० लाख डलर बराबरको रडार प्रणाली रहेको छ ।

ताइवानले अमेरिकी कदमको स्वागत गर्दै ती हतियारबाट चिनियाँ सैन्य गतिविधिको प्रतिकार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । पछिल्लो समय ताइवानले आफ्नो प्रतिरक्षाका लागि सैन्य क्षेत्रमा आधुनिकीकरण गर्दै आएको छ ।

चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले ताइवानलाई मुख्यभूमिमा एकीकरण गर्नका लागि आवश्यक परे बल प्रयोग गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?