काठमाडौँ – ओमानले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ । ओमानमा जारी ओमानसहित युएई र नेदरल्याण्डसबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत शुक्रबार सम्पन्न खेलमा ओमानले युएईलाई ६ विकेटले पराजित गरेको हो ।
युएईले दिएको केवल १२८ रनको लक्ष्य पछाएको ओमानले ४३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४१.३ ओभरमा अल आउट हुदै १२८ रन बनाएको थियो ।
यो जितपछि ओमानको लिग-२ मा ९ खेलमा ८ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ । त्यस्तै युएईको भने ८ खेलमा २ अंक छ र लिगको पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया