भक्तपुर– यहाँका नेवार समुदायले आज म्ह: पूजा र भोलि कात्तिक १७ गते भाइटिका मनाउने भएका छन् ।
भक्तपुर नगरपालिकाले नगरवासीलाई आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ :०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटिका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्ह: पूजा र भोलि भाइटिका गर्ने भएका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटिका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई आह्वान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया