मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीन महिनामा नेपालमा प्रेस स्वतन्त्रता हननका १९ घटना

काठमाडौँ – पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो ।

पछिल्लो तीन महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा रहेका छन् । यस्तै आक्रमणरकुटपिटका घटना चार, पेसागत असुरक्षा दुई, कब्जारअवरोध र गिरफ्तारीे प्रयासको घटना एकरएक रहेका छन् । प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा नौ घटना भएको छ ।

यस्तै मधेस प्रदेशमा पाँच, गण्डकीमा दुई तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकरएक घटना भएका छन् । यो अवधिमा भएका घटनामा १७ पुरुष र दुई महिला पीडित भएको पाइएको छ ।

काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ र प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । गत वर्ष प्रेस स्वतन्त्रता हननका ७९ घटना अभिलेखन भएको थियो ।

प्रेस काउन्सिल नेपालले कानुनले दिएको जिम्मेवारीअनुरूप देशभरका सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ । प्रेस स्वतन्त्रतालाई रक्षा गरी मिडिया प्रवर्धनमा सघाउन विभिन्न क्रियाकलाप गर्दैआएको छ । यस्तै, काउन्सिल प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन समेत सदैव सचेत रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?