काठमाडौँ – काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ । सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो ।
एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन गरेको थियो ।
सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको विमानमा बम रहेको सुचनापछि प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि विमानलाई नियन्त्रणमा लिएको थिए ।
बमको सूचना भने दिल्लीमा रहेको एयर इण्डियाको कार्यालयबाट काठमाडौं विमानस्थलमा आएको बताइएको छ । बमको सुचना झुटो साबित भएसँगै विमान दिल्ली फर्किने तयारीमा रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
यसअघि अघिल्लो साता पनि भारतको भिस्तारा एयरको विमानमा बमको सूचना प्राप्त भएको थियो । तर पछि चेकजाँच गर्दा बम रहेको सूचना झुटो बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया