मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवादित भिडियो सार्वजनिक भएपछि बेलायती लेबर पार्टीका सांसद निलम्बित

काठमाडौँ – बेलायतको सत्तारूढ लेबर पार्टीले विवादित भिडियो सार्वजनिक भएपछि आफ्ना एक सांसदलाई निलम्बन गरेको छ । भिडियो फुटेजमा सांसदले एक व्यक्तिलाई मुक्का हानी आक्रमण गरेको देखाइएको थियो ।

मेल अनलाइनले हिंसात्मक घटनाको भिडियो प्रकाशित गरेपछि सांसद माइक एमेसबरीलाई ‘अनुसन्धानका लागि’ निलम्बन गरिएको पार्टीले जनाएको छ ।

विवादमा तानिएका सांसदले उत्तरपश्चिम इङ्ल्यान्डको संसदीय सिटको प्रतिनिधित्व गरिरहेको पार्टीले जनाएको छ । शनिबार बिहान भएको घटनाको सम्बन्धमा सावधानीका साथ विवादित सांसदसँग स्वतन्त्र रूपमा सोधपुछ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

चेशायर प्रहरीले फ्रडसाम सहरमा भएको आक्रमणको रिपोर्टमा अधिकारीहरूलाई बोलाइ ‘थप सोधपुछ’ जारी रहेको जनाएको छ । जुलाईमा बेलायतमा सत्तामा गएको लेबर पार्टीका प्रवक्ताले सांसद माइक एमेसबरीले घटनापछि चेशायर प्रहरीलाई सोधपुछमा सहयोग गर्दै आएको जनाए ।

उनका अनुसार हाल सोधपुछ चलिरहेकाले लेबर पार्टीले प्रशासनिक रूपमा एमेसबरीको लेबर पार्टीको सदस्यता निलम्बन गरेको हो ।” एमेसबरीले बयानमा सोधपुछमा सहयोग गर्दै समुदायका लागि खुला र पहुँच योग्य सांसद रहन कटिबद्ध रहने बताउँदै साथीहरूसँग साँझमा बाहिर निस्किँदा सडकमा खतरा महसुस गरेपछि उक्त घटना भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?