काठमाडौँ – लेबनानको टायर शहरको मध्य क्षेत्रमा सोमबार भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भग्नावशेष हटाउने तथा पिडितको खोजी गर्ने काम जारी छ ।
उद्धारकर्ताले ‘स्ट्रेचर’ मा हाली घाइतेहरुलाई एम्बुलेन्समा लग्दै गरेको तथा घटनास्थलमा धुवाँको मुस्लोको वीच आगो निभाउन काम गरिरहेको एएफपीले देखाएको छ ।
युनेस्कोको विश्व सम्पदा स्थल भएको प्राचीन तटीय सहर, टायर गत हप्ता भएको इजरायली आक्रमणको सिकार भएको थियो। आक्रमणबाट टायरका मध्य भागहरू भग्नावशेषमा परिणत भएका छन् ।
गाजा युद्धलाई लिएर इरानसमर्थित समूहसँग सीमापार गोलीबारीको एक वर्षपछि इजरायलले गत महिना हिजबुल्लाहको गढमा हवाई आक्रमण बढाएको थियो भने लेबनानमा स्थलगत रुपमा सेना पठाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया