हिजोआज नङकै सौन्दर्यलाई ध्यानमा राखेर विभिन्न उपाय अपनाउन थालिएको छ । त्यसकै उपज हो– नेल आर्ट ।
नेल आर्ट अर्थात् हातगोडाका नङ सजाउने कलाले नारीको सौन्दर्यलाई आकर्षक बनाउँछ । पछिल्ला वर्षमा नेल आर्ट गर्ने चलन नेपालमा निकै लोकप्रिय भइरहेको छ ।
तर तपाईँलाई थाहा छ, घरेलु उपायबाट पनि नङ चम्काउन सकिन्छ ? तर कसरी ?
नङमा चमक ल्याउन घरमै मास्क तयार पारी प्रयोग गर्न सकिन्छ । यसका लागि एक कप तातो पानीमा सानो एक चम्चा केलमाइन र पुदिनाको पातलाई एक घण्टासम्म भिजाउनुपर्छ र पुदिनाको पातलाई छानेर बाहिर हटाउनुपर्छ ।
यसमा केही थोपा ओलिभ आयल राख्नुपर्छ । अनि आल्मन्ड र दुई चम्चा गहुँको आँटाको मिश्रण गराई नङमा लगाउनुपर्छ । जसले केही समयपछि नै नङलाई चम्किलो बनाउने काम गर्छ ।
यदि तपाईँको नङ कमजोर भएर टुट्न लागेको छ भने नुन र कागतीको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि दुई चम्चा नुनमा कागतीको रस, गहुँको पिठो मिसाउनुपर्छ ।
त्यसमा ओलिभ आयल पनि मिसाउन सक्नुहुन्छ । यस्तो मिश्रणलाई मनतातो पानीमा राम्रो घोल्नुस् । अनि त्यसलाई नङमा लगाएर १० देखि १५ मिनेटसम्म राख्न सक्नुहुन्छ । यस्तो काम हप्तामा तीनपटकसम्म गर्दा केही समयपछि नै नङ सुन्दर देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया