मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सौन्दर्य बढाउन मसलाको प्रयोग

 मसला भन्ने बित्तिकै हामी तरकारीमा हाल्ने सामग्री भन्ने बुझ्दछौँ । 

जसरी यसलाई तरकारीमा मिठास थप्नको लागि प्रयोग गर्दछौँ त्यसरी नै यसलाई हामीले हाम्रो सौन्दर्यमा बढाउन पनि प्रयोग गर्न सक्छौँ । सौन्दर्य कसरी बढाउन सक्छौँ तल बताएको छ । 

जिरा– पानीमा जिरा राखेर उमाल्ने र त्यसलाई चिसो बनाएर धुनाले अनुहार सफा र चमकदार बन्छ । जिरा पानीले नुहाउनाले शरीर को दुर्गन्ध र चिलाउने समस्याबाट छुटकारा मिल्छ ।

३:१ को अनुपातमा बेसार र जिरा पाउडर मिलाएर प्याक बनाइ अनुहारमा लगाउन सकिन्छ । सुकेपछि अनुहार धुँदा छाला नरम र चमकदार बन्दछ । जिराले कपाल मजबुत बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा दिलाउँछ ।  

दालचिनी– दालचिनीमा पाइने एन्टी ब्याक्टेरियल तत्वले रक्तसञ्चारमा सुधार गर्न मद्दत गर्दछ । यो डन्डीफोर नियन्त्रणका लागि पनि राम्रो मानिन्छ । दालचिनीको पेस्ट अनुहारमा लगाएमा डन्डीफोर कम हुन्छ । 

बेसार– बेसारमा राम्रो एन्टीसेप्टिक, एन्टी बायोटीक र एन्टी एजिङ्गको गुण रहेको हुन्छ । छालामा लगाउने क्रिमहरूमा यसको प्रयोग धेरै गरिएको हुन्छ । बेसारमा मह मिलाएर बनाएको फेस प्याक अनुहारमा लगाउनाले छाला आकर्षक हुन्छ । बेसारले अनुहारको दाग वा धब्बा कम गर्न मद्दत गर्दछ । 

मरीच एक्सफोलिएशनका लागि मरीच धेरै राम्रो मानिन्छ । मरिचको पेस्ट बनाएर डन्डीफोर, दाग धब्बा भएको ठाउँमा लगाउँदा प्रभावित त्वचा एक्सफोलिएट हुन्छ जसले स्किन क्लियर देखिन्छ ।  

अदुवा– अदुवाले स्किन टोन निखार्नुको साथै छालाको रङ्ग र टेक्सचरको पनि निखार्दछ । अनुहारमा अदुवाको पेस्ट लगाएर केही समयपछि पानीले धुनु पर्दछ । 

मेथी – मेथीले छाला, कपाल दुवै स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ । मेथीको पेस्टमा नरिवलको तेल वा जैतुन तेल मिसाएर कपालमा लगाउने, सुकेपछि नुहाउनुपर्छ । यसले कपाल मजबुत बनाउनुका साथै कपाल झर्न कम हुन्छ ।

मेथी डन्डिफोर र ब्ल्याकहेड्स कम गर्न उपयोगी हुन्छ । मेथी पिसेर पेस्ट बनाउने र मह मिलाएर राती सुत्नुअघि प्रभावित ठाउँमा लगाउने र बिहान मनतातो पानीले मुख धुने गर्नाले केही दिनमा कम भएर जान्छ । मेथीले रगत निखारिनुका साथै सूर्यको हानिकारक किरणबाट छालाको हिफाजत गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?