काठमाडौं – विश्वकर्मा ब्याटल अफ टाइटन्स नामक अन्तर्राष्ट्रियस्तरको रोबोटिक वारमा नेपाली टोलीले स्वर्णपदक जितेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा नेपालको टोलीले भारतको इनभेन्सियल टिमलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
उपाधिसहित नेपालले रु तीन लाख ५० हजार प्राप्त गर्यो । त्यसैगरी, दोस्रो स्थानमा चित्त बुझाएको भारतको इनभेन्सियल टिमले रु एक लाख ५० हजार प्राप्त गर्यो । विजेता टोलीलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पुरस्कार प्रदान गर्नुभयो । मन्त्री साउदले अबको युग रोबर्टको युग रहेको चर्चा गगरे।
नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सङ्घले एतिहासिक प्रतियोगिताको आयोजना गरेको बताए । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा यही माघ १३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका १४ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।
खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ठ प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैँले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एकापसमा भिडाइ उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया