मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् दूध पिउँदा ख्याल गर्नुपर्ने कुराहरू 

दूधको सेवन हामीले दैनिक जसो गरिरहेका हुन्छौ । यो निकै पौष्टिक खानेकुरा हो । भनिन्छ दूध आफैमा एउटा पूर्ण खाना हो । 

आइरन र क्याल्सियमयुक्त दूधले हामीलाई कैयौँ स्वास्थ्य सम्बन्धी फाइदा दिन्छ । हाम्रो शरीरमा मिनरल्स र भिटामिनको आवश्यकता दूधले पुरा गर्दछ ।

यसले हड्डीलाई बलियो बनाउँछ साथै शरीरलाई ऊर्जा पनि दिन्छ । तर दूध पिएपछि पानी पिउनु हुँदैन भन्ने पनि तपाईँले सुन्नुभएको होला । यसका साथै दूध पिउनसाथ तुरुन्त अमिलो खाने कुरा पनि खानु हुँदैन । 

अब कुरा गरौँ दूध पिउनसाथ किन पानीको सेवन गर्नुहुँदैन त ?

 एक गिलास तातो दूध पिएपछि यदि तपाईँले पानी पिउनुहुन्छ भने यसले तपाईँको पेट खराब हुन सक्छ साथै पाचन प्रक्रियामा नराम्रो प्रभाव पनि पार्न सक्छ । 

जो व्यक्ति दूध पिउने बित्तिकै पानी पिउँछ उनलाई पेटमा भारीपन महसुस हुन्छ । दूध पिउने बित्तिकै पानी पिउनाले तपाईँको पाचन प्रक्रिया ढिला हुन्छ । दूधमा भएको प्रोटिनले पेटमा एसिडिटीको समस्या आउन सक्छ । त्यसैले तपाईँले दूध पिएपछि तुरुन्तै पानी पिउनुहुन्छ भने अब देखि सावधान हुनुहोला ।

दूधमा शरीरलाई आवश्यक पोषण तत्त्व हुन्छ, त्यसले यसको फाइदा अत्यधिक हुन्छ । तर, कतिपय मानिसको शरीरले दूधमा हुने ल्याक्टोज सहँदैन । यस्तो अवस्थामा उनीहरूले दूध पिउनु हुँदैन । तातो दूधले शरीरलाई आनन्द प्रदान गर्छ । यसले कब्जियतको समस्या समाधान गर्छ ।

अर्को कुरा दूधमा कहिल्यै पनि नुन मिसाएर पिउनु हुँदैन । किनकि दुबैमा विपरीत गुण हुन्छ । प्राय खानापछि तातो दूध पिउनुपर्छ । खाना खाँदा पनि दूध खानु हुँदैन ।

खाना खाँदा दूध खाएमा पाचन प्रणालीमा गडबड हुन्छ । पेटमा जुका लाग्दा, पखाला लाग्दा, ज्वरो आउँदा कहिल्यै पनि दूध पिउनु हुँदैन ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?