मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसएमएस मार्फत धाकधम्की दिएर पैसा माग्ने व्यक्ति पक्राउ

काठमाडौँ – एसएमएस मार्फत धाक धम्की दिई पैसा माग गरेको अभियोगमा सिन्धुपाल्चोक ज्यामिरे गाविस-८ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चिनीयाँ नागरिकले सञ्चालन गरेको सिशुआन यांग टेक्सटाईल प्रालिको म्यानेजरको मोवाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तामाङलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित सोही कम्पनीबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेवरको काम गर्ने तामाङले अपरिचित मोवाइल नम्बरबाट पाटीलाई १ लाख ५० हजार देखि २ लाख रूपैयाँ सम्म सहयोग गर्नु पर्‍यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षति गराई दिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?