मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ प्रतिबन्ध अनुगमन टोली ‘गैरकानूनी’– उत्तर कोरिया

काठमाडौँ – उत्तर कोरियाका शीर्ष कूटनीतिज्ञले आइतबार संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नयाँ प्रतिबन्ध अनुगमन टोलीलाई ‘गैरकानूनी र अवैध’ भन्दै आलोचना गरेका छन् । उनले टोलीमा संलग्न देशहरूले ‘ठूलो मूल्य’ चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।

मार्चमा रुसले उत्तर कोरियामाथि उसको प्रतिबन्धित परमाणु र हतियार कार्यक्रमका लागि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्रसंघका विशेषज्ञहरूको प्यानलको नवीकरणमाथि भिटो लगाएपछि यस महिनाको प्रारम्भमा ११ सदस्यीय टोलीको नाम दिइएको थियो ।

रुसी भिटोपछि दक्षिण कोरिया र यसका सहयोगीहरूले प्रतिबन्धहरूको अनुगमन गर्न विभिन्न विधिहरू लागू गर्न काम गरेका छन् । यसबाट अमेरिका र जापानसहितको नयाँ समूहको गठन भएको छ ।

“यस्तो अनुगमन प्रणाली ‘पूर्ण रूपमा गैरकानूनी र अवैध’ छ”, उत्तर कोरियाका विदेशमन्त्री चोए सोन हुईले आइतबार कोरियन सेन्ट्रल न्यूज एजेन्सीद्वारा प्रकाशित एक विज्ञप्तिमा भने, “यसको अस्तित्व आफैँमा संयुक्त राष्ट्रसङ्घको बडापत्रको खण्डन हो ।”

यो आलोचना दक्षिण कोरियाको जासुसी निकायको एक रिपोर्टपछि आएको छ । उक्त रिपोर्टमा उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न ‘ठूलो स्तरमा’ सैनिक तैनाथी पठाएको र एक हजार पाँच सय विशेष बलहरू पहिले नै रुसमा प्रशिक्षण गरिरहेको बताइएको छ।प्योङयाङले किएभविरुद्ध प्रयोग गर्न मस्कोलाई हतियार पठाइरहेको पनि सोलले दाबी गरेको छ।

मन्त्री चोएले आइतबारको विज्ञप्तिमा कथित तैनाथीको बारेमा उल्लेख गरेका छैनन् । प्योङयाङले यसअघि नै रुससँग प्रतिबन्ध उल्लङ्घन गर्ने कुनै पनि हतियार व्यापारलाई अस्वीकार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?