मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ ।

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रशासन अगाडी पुगेर अहिले पनि नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरी आमने सामने हुदा अवस्था तनावग्रस्त बनेको छ ।

प्रहरीले शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने अहिले जिल्ला अदालत कास्कीमा पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?