मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई दियो २९७ रनको लक्ष्य

काठमाडौँ – जारी दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ । टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ७५ रनको बढ्तको आधारमा २९७ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि दोस्रो इनिंगमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २९१ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?