काठमाडौँ – प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ ।
विजय बरालको शीर्ष भूमिका रहेको फिल्मको यो मर्मस्पर्शी ट्रेलरमा सारङ्गीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने सङ्घर्षको कथा देखाइएको छ ।
३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरमा परम्परालाई पुस्तामा हस्तान्तरण र छोरालाई सुशिक्षित तुल्याउनेतर्फ बाबुले देखेको सपनाको कथा समेत समेटिएको छ ।
फिल्ममा बाबुको भूमिकामा बराल छन् भने छोराको भूमिकामा प्रकाश सपुत छन् । यो फिल्म समग्रमा बाबु र छोराको सम्बन्धको कथा हो ।
सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया