मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सुनैको दरबार भाग २’ गीत सार्वजनिक

काठमाडौँ– गायक प्रमोद खरेल र अस्मिता अधिकारिको स्वर रहेको बहुचर्चित गीत ‘चाहिँदैन तिमी बिनाको सुनैको दरबार को भाग २’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

गीतकार तथा निर्माता क्षितिज सापकोटाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा सापकोटाको शब्द, दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ भने रिकेश गुरुङको सङ्गीत संयोजन छ ।

भिडियोमा विपिन कार्की र लूनिभा तुलाधरको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोमा निःसन्तान दम्पतीप्रति समाजले राख्ने सामाजिक कुविचारलाई चिर्ने प्रयत्न गरिएको छ ।

भिडियोको कथा रङ्गकर्मी तथा संचारकर्मी कृष्ण खड्काले लेखेका हुन भने भिडियोलाई अर्का युवा रङ्गकर्मी नरेन भट्टराईले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो ।

भिडियोमा वरिष्ठ छायाँकार प्रमोद कार्कीको छायाङ्कन छ भने भुपिन मगरले उनलाई सहयोग गरेका छन् । भिडियो सहनिर्देशनमा गायक सागर भुषाल छन् ।

यस गीतको पहिलो भागमा अनु चौधरिको स्वरमा थारु भर्सन र सुप्रीम मल्लको स्वरमा चाइल्ड भर्सन पनि सार्वजनिक गरिएको थियो ।

पहिलो भागको तीन वटै भर्सनगरी युटुबमा दुई करोड भन्दा बढी पटक हेरिएको छ भने सार्वजनिक भएको केही दिनमै दोस्रो भागले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?