मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘दरवाजा’मा जया बच्चन मुख्य भूमिकामा रहने

काठमाडौँ – भारतीय समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चन पछिल्ला केही दिनदेखि चर्चामा छिन् । हालै उनी काजोलले आयोजना गरेको दुर्गा पूजामा सहभागी भइन् । अब जया बच्चनको आगामी फिल्मसँग सम्बन्धित जानकारी सार्वजनिक भएको छ ।

जया बच्चनको आगामी फिल्मको नाम ‘दरवाजा’ रहेको बताइएको छ । यसको छायांकन अक्टोबरको अन्त्यबाट सुरु हुनेछ । यो फिल्मलाई विकास बहलले निर्देशन गर्नेछन् ।

कमेडीले भरिपूर्ण यो फिल्ममा जया बच्चन मुख्य भूमिकामा रहने बताइएको छ । जया बच्चन फिल्ममा कमेडी गर्दै देखिने यो पहिलो पटक हो ।

फिल्म ‘दरवाजा’को कथा जया बच्चनको चरित्रको वरिपरि घुम्नेछ । फिल्ममा थप रोचक पात्रहरू हुनेछन्, तर उनीहरूको बारेमा धेरै जानकारी उपलब्ध छैन। निर्माण पक्षले छिट्टै फिल्मको आधिकारिक जानकारी दिनेछ ।

जया बच्चन पछिल्लो पटक फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएकी थिइन् । यसमा आलिया भट्ट र रणवीर सिंह मुख्य भूमिकामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?