मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीन पुर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ फेम’ सम्मान

काठमाडौँ – आइसीसीले तीन पुर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ फेम’ सम्मान दिएको छ । आइसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई ‘आइसीसी हल अफ फेम’ सम्मान दिएको हो ।

डिभीलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी- २० खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५। एकदिवसीय खेलमा ९ हजार ५७७ र टी-२० मा १६७२ रन बनाएका छन् ।

त्यस्तै इङल्याण्डका पुर्व खेलाडी कुकले १६१ टेस्टमा १२ हजार ४७२ रनम ९२ एकदिवसीय खेलमा ३ हजार २०४ रन र ४ टी-२० मा ६१ रन बनाएका थिए । त्यसैगरी भारतकी नितु डेभिडले १० टेस्टमा ४१ विकेट लिएकी छन् भने ९७ एकदिवसीय खेलमा १४१ विकेट लिएकी थिइन् ।

आइसीसीले हरेक बर्ष आ-आफ्नो देशबाट विशिष्ट योगदान गरेका क्रिकेटरलाई ‘आइसीसी हल अफ फेम’ बाट सम्मान गर्ने गरेको छ । अहिलेसम्म विश्वका कुल ११५ क्रिकेटरले यो सम्मान पाएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी इङल्याण्डका ३३ क्रिकेटरले आइसीसी हल अफ फेममा स्थान बनाएका छन् भने अस्ट्रेलियाका २९, वेस्ट इन्डिजका २१, भारतका १०, पाकिस्तान र दक्षिण अफ्रिकाका ७-७, श्रीलंकाका ४, न्यूजील्याण्डका ३ र जिम्बाबेका एक खेलाडी यस सूचीमा रहेका छन् । आइसीसीले २००९ देखि ‘आइसीसी हल अफ फेम’ सम्मान घोषणा गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?