मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

‘स्पाइडर म्यान’ उर्फ टम हल्याण्ड, एउटै फिल्मबाट कमाउँछन् एक करोड डलर

राति सुत्नुअघि हेर्छन् फिल्म, कारका सोखिन

काठमाडौँ– विश्वभर लोकप्रियता कमाएका हलिउड मार्भल युनिभर्स फिल्मको क्रेज नेपालमा पनि उस्तै छ । नेपाली युवापुस्ता समय मिलाएर भए पनि मार्भल सिनेम्याटिक युनिभर्सका फिल्म हलसम्म पुग्ने गर्छन् । एउटा छुट्टै काल्पनिक दुनियाँ निर्माण गरेको मार्भल सिरिजका फिल्ममा सुपरहिरोको सुपरपावर देखाइने गरिन्छ ।

तिनै सुपरहिरोमध्ये स्पाइडर म्यान पात्र पनि निकै लोकप्रिय छ । मार्भल युनिभर्समा टम हल्याण्डले सोही सुपरहिरोको भूमिका निभाएका छन् । ‘स्पाइडर म्यान: होम कमिङ’ रिलिजपछि हल्याण्डलाई विश्वभर छरिएर रहेका फिल्मका दर्शकमाझ चिनाएको थियो । त्यसो त उनले मार्भल सुपरहिरोका अन्य फिल्ममा पनि अभिनय गरिसकेका थिए । तर, ती फिल्ममा मुख्य भूमिका भने थिएन ।

आज हामी उनै अभिनेता टम हल्याण्डका निजी जीवनबारे जानकारी दिँदैछौँ ।

हल्याण्डले ८ वर्षअघि क्याप्टेन अमेरिका सिभिल वारबाट मार्भल कमिक्स सुपरहिरो ‘स्पाइडरम्यान’ को भूमिका निभाउन थालेका थिए । त्यसबाहेक हलिउड अभिनेत्री जेन्दयासँगको सम्बन्धका कारण पनि उनी बारम्बार चर्चामा आउने गर्छन् ।

सन् १९९६ मा बेलायतको लण्डनमा जन्मेका हल्याण्डले सानै उमेरदेखि नै अभिनय थालेका थिए । तर, स्पाइडर म्यानको भूमिकाले भने उनको करिअरलाई अर्कै उचाइमा पुर्‍यायो । उनले स्पाइडर म्यानको अभिनय गरेका एभेन्जर्स एण्डगेम, एभेन्जर्स इन्फिनिटी वारस्पाइडर म्यान नो वे होमले हलिउड बक्स अफिसमा पनि राम्रो कमाइ गरे । ती सबै फिल्मले १ अर्ब अमेरिकी डलरभन्दा धेरैको व्यापार गरेका थिए ।

भेराइटीका अनुसार स्पाइडर म्यानअघि उनको पारिश्रमिक औसत १० लाख डलर रहेको थियो । तर, मार्भलका फिल्मले १ अर्ब डलरभन्दा धेरै कमाइ गरेपछि भने उनको पारिश्रमिक ह्वात्तै बढेको छ ।

सन् २०२१ मा प्रकाशित भेराइटीको रिपोर्टअनुसार हाल भने उनको पारिश्रमिक कम बजेटको फिल्म भए २० देखि ५० लाख र ठूला स्टुडियोको फिल्म भए ५० लाख देखि १ करोड डलरसम्म पुगेको छ । अझै धेरै पैसा खर्च गर्न चाहने स्टुडियोबाट उनले प्रतिफिल्म २ करोड डलरसम्म पारिश्रमिक लिन्छन् ।

योबाहेक उनले मार्भल फिल्मले गर्ने कमाइबाट बोनससमेत प्राप्त गर्ने गरेका छन् । धेरै मानिसहरु टम हल्याण्ड र अर्का बेलायती अभिनेता टम हल्याण्डरसँग झुक्किन्छन् ।

केही समयअघि सेथ मायर्ससँगको कुराकानीका क्रममा हल्याण्डरले आफ्नो खातामा झुक्किएर हल्याण्डले पाउनुपर्ने ७ अंक बराबर बोनस आएको खुलाएका थिए । उनका अनुसार फिल्म स्टुडियोको लेखा प्रशासनले हल्याण्ड ठानेर उनको खातामा पैसा पठाइदिएको थियो ।

‘यो धेरै ठूलो परिमाणको पैसा थियो ।’ सेथ मायर्सलाई उनले भनेका छन्, ‘यो उनको पारिश्रमिक पनि थिएन । उनको त्यो पहिलो बक्स अफिस बोनस थियो ।’ त्यति धेरै पैसा आफूले अहिलेसम्म नदेखेको हल्याण्डले बताएका छन् ।

मार्भलबाहेक उनले अरु स्टुडियोका फिल्ममा पनि अभिनय गरेका छन् । सन् २०१७ मा उनले द करेन्ट वार नामक फिल्ममा अभिनय गरेका थिए भने सन् २०२० मा द डेभिल अल द टाइममा अभिनय गरेका थिए ।

त्यसैगरी, सन् २०२१ मा उनले दुई फिल्म खेले । उनले सन् २०२१ मा केहोस वाकिङ र चेरी नामक फिल्ममा अभिनय गरेका थिए । त्यसैगरी, उनले सन् २०१९ मा स्पाइज इन डिस्गाइस, सन् २०२० मा डुलिटिल, सन् २०२० मै अनवार्डमा पनि काम गरेका थिए ।

यीसँगै उनले सन् २०२२ मा अनचार्टेडमा अभिनय गरेका थिए । त्यो फिल्मले बक्स अफिसमा ४० करोड डलरभन्दा धेरै कमाइ गरेको थियो । हालै उनले एप्पल टिभीको मिनिसिरिज द क्राउडेड रुममा पनि काम गरेका छन् ।

यतिमात्रै होइन हल्याण्डले व्यवसायिक विज्ञापन तथा प्रायोजनका खातिर विभिन्न कम्पनीसँग पनि सहकार्य गरेका छन् । सन् २०२२ मा उनले इटालीको फेसन कम्पनी प्रदासँग सहकार्य गरेका थिए । त्यसैगरी, उनले कार कम्पनीहरु आउडी, ह्युण्डाइसँग पनि व्यवसायिक सहकार्य गरिसकेका छन् । उनले फाइनल फन्ट्यासी भिडियो गेम सिरिजको विज्ञापनमा समेत काम गरिसकेका छन् ।

त्यसैगरी, उनले अमेरिकाको प्रतिष्ठित जिम ब्राण्ड द डगपाउण्डमा पनि लगानी गरेका छन् । सन् २०२२ मा प्रकाशित द हलिउड रिपोर्टका अनुसार उनले अमेरिकाको न्यूयोर्क र लस एन्जल्समा रहेका जिममा लगानी गरेका छन् । उनले कति लगानी गरेका छन् भन्ने स्पष्ट नभएको पनि जनाइएको छ ।

लण्डनमा जन्मेर लण्डनमै हुर्केका हल्याण्डको अहिलेको स्थायी बसोबास पनि लण्डनमै छ । उनी आफ्ना दाजुभाइ साम र ह्यारीसँगै बस्छन् । साम सेफ हुन् भने ह्यारी फिल्म निर्माता हुन् । त्यसीगरी, उनको घरमा साम र ह्यारीसँगै टमका पुराना साथीहरु ह्यारिसन अस्टरफिल्ड र टुवाइन बारेट पनि बस्छन् ।

लण्डनमा रहेको उनको घरको मूल्य ३० लाख डलर बराबर रहेको बताइन्छ । उनले दुई वर्ष लगाएर आफ्नो घरको मर्मत पनि गरिसकेका छन् । घरको मर्मत गर्न पनि उनले दशौँ लाख डलर खर्च गरेको मिडियामा आएका समाचारमा उल्लेख गरिएको छ ।

साँच्चै भन्दा हल्याण्डको सबैभन्दा ठूलो सोख कार हो । उनको ग्यारेज अनेकौँ कार देख्न सकिन्छ । उनीसँग ल्याण्ड रोभर रेन्ज रोभर स्पोर्ट कार छ । जसको मूल्य ७० हजार डलरभन्दा धेरै छ । त्यसैगरी, उनीसँग भएको क्याडिलक एस्कलेडको मूल्य पनि ७७ हजार डलरभन्दा धेरै छ । आउडी आरएस ७ को भाउ १ लाख ३६ हजार डलरभन्दा धेरै रहेको छ भने आउडी आर८ को भाउ १ लाख ५० हजार डलरभन्दा धेरै छ ।

उनीसँग टेकन टर्बो एस छ । जसको मूल्य १ लाख ९६ लाख ५ सय डलरभन्दा धेरै रहेको छ । उनीसँग भएको रोल्स रोयस कुलिननको मूल्य भने ४ लाख १० हजार डलर रहेको छ ।

यति धेरै पैसा कमाउने हल्याण्डको दैनिकी भने निकै सहज र सरल तरिकाले बित्छ । उनी सामान्यतः बिहान ६ बजे उठ्छन् । त्यसपछि केही समय कसरत गर्छन् । कसरत गरिसकेर उनी नास्ता खान बस्छन् । उनको नास्तामा प्रायः अण्डा र फलफूल हुन्छन् । नास्तामा प्रायः उनी एग बेनेडिक्टका साथै इङलिश मफिन र अण्डा खाने गरेका छन् ।

त्यसपछि उनी आफूलाई अफर आएका विभिन्न फिल्मका स्क्रिप्ट पढ्न र अडिसनको तयारीका लागि बस्छन् । दिउँसोतिर उनी खाना खान बस्छन् । खानामा उनी प्रोटिनले भरिपूर्ण खानेकुरा खान रुचाउँछन् । उनको खानामा प्रायः ताजा तरकारी र मासु हुन्छन् । त्यसपछि हल्याण्ड साथीभाइसँगको भेटघाटमा व्यस्त हुन्छन्।

साँझतिर भने उनी अभिनयको अभ्यास गर्न रुचाउँछन् । बेलुकाको खानामा उनी मासु र आलुबाट बनेका खानेकुरा खान रुचाउँछन् । उनी जंकफूड पटक्कै खाँदैनन् । बारम्बार पानी पिइरहन्छन् । राति उनी फिल्म हेरेरमात्र सुत्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?