मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई प्रदान

काठमाडौँ – अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।विजेताहरूमा टर्कीस(अमेरिकन ड्यारेन एसेमोग्लु, ब्रिटिश(अमेरिकन साइमन जोन्सन र बेलायती जेम्स ए रोबिन्सन रहेका छन् ।

उनीहरुले विभिन्न राजनीतिक तथा सामाजिक संस्थाको गठन र समाजको प्रगतिमा पार्ने प्रभावका विषयमा अनुसन्धान गरेबापत यो पुरस्कार पाएको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ । तीनवटै अर्थशास्त्रीले वर्षौंको प्रयासपछि पनि गरिब मुलुकले धनी मुलुकजस्तो विकास गर्न नसकेको निष्कर्ष निकालेका छन् ।

उनीहरूले समाजमा राजनीतिक संस्थाहरूको प्रभावलाई ३ तरिकामा व्याख्या गरेका छन् । पहिलो( स्रोतहरू कसरी बाँडफाँड गरिन्छ रु समाजमा निर्णय गर्ने अधिकार कसलाई छ रु यही आधारमा धनी वर्ग र आम जनताबीच कस्तो द्वन्द्व छ रु दोस्रो, जनता संगठित हुन्छन् र कहिले शासक वर्गलाई धम्की दिन्छन् । यसो गरेर उसले सरकारलाई आफ्नो कुरामा सहमत गराउँछन् । तेस्रो( धेरै पटक धनी शासक वर्ग जनतालाई निर्णय गर्ने अधिकार सुम्पन बाध्य हुन्छन् ।

यसअघि सन् २०२३ को नोबेल अवार्ड अमेरिकाकी क्लाउडिया गोल्डिनलाई दिइएको थियो । महिलाहरुको काम र बजारमा उनीहरुको योगदानलाई अझ राम्ररी बुझेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको थियो ।

यसअघि यस बर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिइएको थियो भने साहित्यको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई दिइएको थियो । त्यस्तै विक्टर एम्ब्रोस र ग्यारी रुभकुन चिकित्साका लागि, जेफ्री ई। हिन्टन र जोन जे। होपफिल्डलाई भौतिकशास्त्रका लागि र डेभिड बेकर, जोन जम्पर र डेमिस हसबिसलाई रसायनशास्त्रमा यस बर्षको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?