मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कपमा आर्मीले कर्णालीलाई १६४ रनले हरायो

काठमाडौं । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ । टियु मैदानमा आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले हारेको हो ।

यसअघि आर्मीले पहिला ब्याटिंग गर्दै कप्तान विनोद भण्डारीको शतक र बसिर अहमदको ९८ रनको मद्धतले ५० ओभरमा ५ विकेट गुमाउदै २७९ रन बनाएको थियो ।

यो जितपछि आर्मी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । आर्मीको ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो । त्यसैगरी कर्णालीले भने पाँचौं हार बेहोरेको छ । कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?