मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलाकारले पनि लगाए दशैँको टीका

काठमाडौँ– आज विजयादशमीको दिन नेपाली मनोरञ्जन उद्योगका कलाकारहरुले पनि दशैँको टीका लगाएका छन् । अभिनेता तथा हास्य कलाकार हरिवंश आचार्यले यसपाली दशैँको टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

कलाकार तथा निर्देशन दीपाश्री निरौलाले आज शुभ साइतमा आफ्ना बाबुको हातबाट टीका ग्रहण गरिन् ।

त्यसैगरी, नायक पल शाहले पनि आज टीका ग्रहण गरेका छन् । हास्य कलाकार केदार घिमिरे माग्ने बूढाले भने यसपाली टीका लगाएनन् । हजुरआमाको निधन भएकाले उनले यसपालीको टीका नलगाएका हुन् ।

उता सिने क्षेत्रमा हालै डेब्यु गरेका समीर भट्टले पनि बाबु तथा अभिनेता विराज भट्टको हातबाट टीका ग्रहण गरे ।

अभिनेत्री पूजा शर्माले पनि दशैँको टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

त्यस्तै अर्की अभिनेत्री वर्षा राउतले पनि दशैँको टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा हालेकी छिन् ।

गायिका एलिना चौहानले पनि टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । त्यसैगरी अर्की गायिका समीक्षा अधिकारीले पनि दशैँको टीका लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?