मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागलुङमा चङ्गा चेट

काठमाडौँ- बडादसैँका बेला बागलुङका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो । रोट्र्याक्ट क्लब अफ बागलुङद्वारा आयोजित प्रतियोगितामा राकेश शर्मा विजयी भए । उनले रु पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरे ।

क्लबका अध्यक्ष सौरव केसीका अनुसार दोस्रो स्थान बबिन शाक्यले हासिल गरे । प्रतियोगितामा १७ जनाले भाग लिएका थिए । प्रतियोगितामा सहभागी सबैलाई क्लबले उपहार प्रदान गरेको छ । प्रतियोगीबाहेकले पनि चङ्गा उडाएर मनोरञ्जन लिएका थिए । क्लबले गत वर्षदेखि चङ्गा चेट प्रतियोगिता सुरु गरेको हो ।

“दसैँमा चङ्गा उडाउने परम्परालाई जोगाइराख्न र प्रतियोगितामार्फत युवा तथा बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चङ्गा चेट कार्यक्रम राखिएको हो”, अध्यक्ष केसीले भने । चाडबाडका अवसरमा खुसियाली साट्ने माध्यमका रुपमा पनि चङ्गा चेट गर्ने गरिएको छ । पछिल्लो समय चङ्गा उडाउने चलन कम हुँदै गएको छ ।

चङ्गालाई खुसी र हर्षोल्लासको प्रतिकका रुपमा लिइन्छ । दसैँ, तिहारका बेला चङ्गाको व्यापार पनि राम्रै हुने गरेको व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?