मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विभीषण बन्दै विजय सेतुपति ! को-को छन् ‘रामायण’मा  अरू कलाकार

काठमाडौँ – निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ स्टार कास्टले भरिपूर्ण बन्दै छ । जसमा रणबीर कपूर राम बन्दै छन् भने साई पल्लवी सीताको चरित्रमा देखिने छिन् ।

जहाँ विजय सेतुपति भने विभीषणको रूपमा देखिने भएका छन् । चलचित्रको कास्टिङ  तीव्र भइरहेका बेला याे चर्चा बाहिर आएको हो । 

भारतीय मिडियाहरूको दाबी अनुसार तिवारीले सेतुपतिलाई भेटेर स्क्रिप्टको बारेमा छलफल गरेका छन्। यता विजयले यो फिल्ममा पनि चासो देखाएकाे बताइँदा कलाकारले अहिलेसम्म फिल्म साइन भने गरेका छैनन्  । 

फिल्ममा केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिनेछन् भने हनुमानको भूमिकामा सनी देओल र कुम्भकर्णको भूमिकामा बबी देओल देखिने चर्चा छ। 

यो फिल्मको छायांकन सन् २०२४ देखि सुरु गरिनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?