मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्पतालबाट डिस्चार्ज भए गोविन्दा

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । 

गत मंगलबार बिहान खुट्टामा गोलीलागेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको निगरानीमा अस्पतालमा ३ दिन बिताएपछि उनी डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएपछि गोविन्दाले घटनाको रिभल्भर सफा गर्दा गल्तीले ट्रिगर दबेर गोली चलेको बताएका उल्लेख गरेका छन् । 

सो घटना सम्झिदै उनी लेख्छन् ‘ के भयो मलाई पत्यार लागेन । म एक कार्यक्रमको लागि कोलकाता जाँदै थिएँ। समय बिहानको ५ बजेको थियो । रिभल्भर सफा गर्न थालेँ । गल्तीले ट्रिगर दब्यो। गोली सीधै खुट्टामा लागेपछि खुट्टाबाट रगतको फोहोरा बग्न थाल्यो । मैले भिडियो आफैँ रेकर्ड गरेर मेरो डाक्टरलाई पठाए। अब म भन्छु यस्तो मामिलामा सावधानी अपनाउनु पर्छ। म यो सुनिश्चित गर्नेछु कि यो कसैलाई नहोस्।’

अक्टोबर १ गते बिहान घरमा एक्लै रहेका गोविन्दले रिभल्भर सफा गर्ने क्रममा गोली चल्दा उनको खुट्टामा लागेको थियो । यसपछि उनलाई मुम्बईको क्रिटी केयर अस्पतालमा भर्ना गरिएको थियो, जहाँ शल्यक्रियापछि अभिनेताको खुट्टाबाट गोली निकालिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?