मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी

काठमाडौँ – देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको बताए। हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ ।

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

उपत्यकामा दुई हजारभन्दा बढी

उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?