मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख

काठमाडौँ – इजरायलले हवाई हमला बढाई देशमा स्थलगत आक्रमणहरू सुरु गरेपछि लेबनानले आफ्नो स्वास्थ्य प्रणालीलाई निरन्तरता दिन कठिनाई भइरहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले मंगलबार चेतावनी दिएका छन् ।

हाल लेबनानमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको र अस्पताल बिरामी तथा घाइते मानिसहरुले भरिएको उल्लेख गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उाका अनुसार लगातारका सङ्कटहरूले स्वास्थ्य प्रणाली कमजोर भएको छ भने आवश्यकताको सामना गर्न लेबनानले गरेको सङ्घर्षको डब्ल्यूएचओले मुल्याङ्कन गरिरहेको छ ।

इजरायलले गत महिना गाजामा भएको युद्धबाट आफ्नो ध्यान लेबनानतर्फ केन्द्रित गरेको थियो । इरान समर्थित हमासद्वारा अक्टोबर ७ मा भएको हमलापछि इजरायलले आफ्नो उत्तरी सिमाना सुरक्षित गर्न थालेको थियो ।

बेरुत र यसको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणसहितको लडाईमा गत हप्तादेखि एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । टेड्रोसले जेनेभामा अरब लिगका राजदूतहरूसँग भेटेर परिस्थितिबारे छलफल गरेका थिए । शरणार्थीसहित बिरामी, स्वास्थ्यकर्मी र नागरिकलाई सुरक्षित गरी उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उनले बताए ।

डब्ल्यूएचओले लेबनानी स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी अस्पतालहरूमा पर्याप्त चिकित्सा आपूर्ति सुनिश्चित गर्न र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिएको छभने सबैभन्दा कमजोरका लागि आवश्यक स्वास्थ्य सेवाहरू कायम राख्न सक्नुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?