काठमाडौँ – रुवान्डाभर अत्यधिक सङ्क्रामक मार्बर्ग भाइरस फैलिएको छ । भाइरसले मुलुकभरमा तीन सयभन्दा बढी सङ्क्रमित भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।
अल जजिराका अनुसार रुवान्डाले यस भाइरसको प्रकोप घोषणा गरेको छ । भाइरसको हाल कुनै अधिकृत खोप वा उपचार छैन । भाइरसले मुलुकका ३० मध्ये सात जिल्लालाई प्रभावित गरेको छ ।
रुवान्डाका स्वास्थ्यमन्त्री साबिन एन्सान्जिमानाले भाइरसको फैलावट रोक्न मद्दत गर्न सम्पर्क ट्रेसिङ ‘खोजी’ र परीक्षण बढाइरहेको जानकारी दिए। रुवान्डाका अधिकारीहरूले पहिलो पटक मुलुकलाई सङ्क्रमित बनाएको भाइरस रोक्न प्रकोप नियन्त्रण प्रयासलाई तीव्र पारिरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले आफ्नो समर्थन बढाइरहेको र भाइरसको फैलावट रोक्न सहयोग गर्नका लागि रुवान्डाका अधिकारीहरूसँग काम गरिरहेको सङ्गठनका महानिर्देशक महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा बताए ।
डब्लुएचओले तान्जानिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, केन्या र दक्षिण अफ्रिका जस्ता अफ्रिकी मुलुकहरूमा मार्बर्गको प्रकोप देखिएको बताएको छ ।
रुवान्डास्थित डब्लुएचओको कार्यालयका अनुसार भाइरस नियन्त्रण गर्न आपत्कालीन चिकित्सा आपूर्तिहरू तयार गरिँदैछ । त्यस्तै केन्याको नैरोबीमा रहेको डब्लुएचओको आपत्कालीन प्रतिक्रिया केन्द्रबाट आगामी दिनहरूमा रुवान्डाको राजधानी किगालीमा डेलिभरीका लागि सङ्क्रमण रोकथाम र नियन्त्रण आपूर्तिहरूको खेप तयार गरिँदैछ ।
जर्मनीको मार्बर्ग र सर्बियाको बेलग्रेडका प्रयोगशालाहरूमा रोकको प्रकोप फैलिएपछि दुर्लभ मार्बर्ग भाइरस पहिलो पटक सन् १९६७ मा पहिचान गरिएको थियो । त्यहाँ बाँदरहरूमा अनुसन्धान गर्दा सम्पर्कमा आएपछि मानिसहरू मरेका थिए ।
यो भाइरस फलफूल खाने चमेराबाट मानिसहरूमा सर्छ र सङ्क्रमित व्यक्तिहरूको शारीरिक तरल पदार्थ, सतहहरू र सामग्रीहरूको प्रत्यक्ष सम्पर्कबाट मानिसहरूमा फैलिन्छ ।
डब्लुएचओका अनुसार मार्बर्ग भाइरसका लक्षणहरूमा ज्वरो, मांसपेशीमा दुखाइ, पखाला, वान्ता र केही मामिलामा अत्यधिक रक्तस्राबका कारण सङ्क्रमितको मृत्यु हुन्छ ।
यस भाइरसले रक्तस्राबी ज्वरो निम्त्याउँछ र यसको मृत्युदर ८८ प्रतिशतसम्म हुन्छ । यो इबोला भाइरस रोग लगाउने भाइरसको परिवारमा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया