काठमाडौँ – भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जतेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो ।
यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य भारतले ३ विकेट गुमाउदै पुरा गरेको थियो ।
खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको थियो । चौथो दिनको खेल सकिदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको थियो र भारतभन्दा २६ रनले अझै पछाडी रहेको थियो ।
खेलको पाँचौं दिन बंगलादेश आफ्नो दोस्रो इनिंगमा केवल १४६ रन बनाएर अल आउट भएपछि भारतले ९५ रनको लक्ष्य पाएको थियो ।
यस अघि भारतले आज आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै २८५ रन बनाएर इनिंग घोषणा गरेको थियो । भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिंग घोषणा गरेको थियो । त्यस्तै बंगलादेश आफ्नो पहिलो इनिंगमा २३३ रन बनाएर अल आउट भएको थियो ।
भारत र बंगलादेशले अब आइतबरदेखि ३ खेलको टी(२० सिरिज खेल्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया