मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बसको अग्रिम टिकट बुकिङ हालको लागि बन्द गर्ने तयारी

काठमाडौँ– यातायात व्यवसायी उपत्यकाभन्दा बाहिर जाने बसको अग्रिम टिकट बुकिङ कार्य बन्द गर्ने तयारी गरेको छ । गत बिहीबारदेखि आएको वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश बाटो बन्द भएकोले टिकट बुकिङ कार्य बन्द गर्न लागेको हो ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि टिकट बुकिङ कार्य सञ्चालन भएको थियो । तर बाढी पहिरोले बस सञ्चालन नभएपछि सो कार्य बन्द गर्नुपरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताए ।

हिजोदेखि सञ्चालनमा आएको बस पनि हालसम्म गन्तव्यमा नपुगेको उनको भनाई छ । यातायात सञ्चालनमा सहजता आएसँगे टिकट बुकिङ कार्य सञ्चालनमा आउने उनको भनाई छ । हालसम्म असोज १७ गतेदेखिको लागि टिकट बुकिङ भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?